Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, उदयपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, उदयपुर

शनिबार, असार ६, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

उदयपुर जिल्लाकाे परिचय

उदयपुर जिल्लाको परिचय

पूर्वतिर साँघुरिएको र पश्चिमतर्फ फुक्दै गएको यस जिल्लाको क्षेत्रफल २०६३ वर्ग कि.मी. रहेको छ । भू–बनोटको आधारमा पहाड, बेसी, टार र तराई समेतको भू–भाग ओगट्ने यो जिल्ला क्षेत्रफलको हिसाबले नेपालको २० औं र कोशी प्रदेश अन्तरगत पर्दछ । जिल्लाको सिमानामा उत्तरमा मुख्यतः भोजपुर, खोटाङ्ग र ओखलढुङ्गाको केही भाग पश्चिममा मुख्यत सिन्धुली र धनुषाको केही भाग दक्षिणमा सिराहा र सप्तरी जिल्ला एवं पूर्वमा मुख्यतः सुनसरी र धनकुटा जिल्लाको केही भाग रहेको छ । यसरी उदयपुरको सिमानामा ९ जिल्लाहरू पर्दछन् । जुन नेपालको धेरै जिल्लासँग सिमाना जोडिएको जिल्लाको दोस्रो स्थानमा पर्दछ । विषम भौगोलिक बनोट रहेको यस जिल्लामा महाभारत पर्वत श्रृङ्खला अन्तर्गत धारिला विकट डाँडाहरू छरिएका र पातलिएका बस्तीहरू छन् भने महाभारत फेदिदेखि चुरे श्रृङ्खला बीचमा समथर फाँटहरू र दक्षिणी सिमाना चुरे क्षेत्रमा घना जङ्गल रहेको छ । त्रियुगा नदीको किनारमा चुरे र महाभारतको बीचमा रहेका भित्री मधेशका फाँटहरू मध्ये त्रियुगा नगरपालिका त्रियुगा उपत्यकाको नामले पनि चिनिन्छ । यही नगरपालिकामा अवस्थित गाईघाट (बोक्से) मा सदरमुकाम रहेको यो जिल्ला समुद्र सतहबाट ३६० मिटरदेखि २३१० मिटर उचाई सम्म रहेको छ ।


पछिल्लो अपडेट गरिएको : 2083-03-05 16:59:35

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, उदयपुर .